२१ बैशाख २०८१, शुक्रबार

 

नेपाली बजारमा सुनको मूल्य घट्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैंयाले घटेको छ भने चाँदीको मुल्य भने स्थिर रहेको छ ।

हिजो सोमबार प्रतितोला ९२ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले ओरालो लागेर प्रतितोला ९१ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, आजलाई चाँदीको मुल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १ हजार २७० मा चाँदीको कारोबार भई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्