४ श्रावण २०८३, सोमबार

 

महालक्ष्मी लाइफ इन्स्योरेन्स बेनी शाखा देशकै उत्कृष्ट

महालक्ष्मी लाइफ इन्स्योरेन्स बेनी शाखा देशभरकै उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७७र०७८ को वार्षिक समिक्षामा बेनी शाखा नेपालभर मै प्रथम भएको हो ।

देशभर ६३ शाखा भएको कम्पनीको बेनीबाट गत आर्थिक वर्षमा ५ करोड प्रथम विमा शुल्क संकलन र १०१० जनाको बिमा गराइ कम्पनीको देशैभरी रहेका ६३ शाखालाई उछिन्दै बेनी शाखा प्रथम भएको हो ।

महालक्ष्मी लाइफ विश्वास गरी बिमा गर्ने विमितहरु अहोरात्र मेहनत गर्ने अभिकर्ता, एनेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर र धौलागिरि क्षेत्रका कर्मचारीलाई महालक्ष्मी कम्पनीले धन्यावाद दिएको छ ।

विमा कम्पनीबाट इजाजत प्राप्त् गर्ने सबैभन्दा कान्छो विमा कम्पनीको रुपमा रहेको महालक्ष्मी इन्स्योरेन्स कम्पनी ०७५ माघ २७ गते बिमा कारोबार शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung