२१ बैशाख २०८१, शुक्रबार

 

बोलीबाट चार्जिङ हुने स्मार्टफोन ल्याउँदै साओमी

विश्वमा नयाँ प्रविधिका स्मार्टफोन बजारमा आउनेक्रम जारी छ । विश्वकै लाेकप्रिय साओमी कम्पनीले बोलीबाट चार्ज हुने स्मार्टफाेन ल्याउन लागेको हाे । यसका लागि कम्पनीले गत महिना नै चाइना नेसनल इन्टेलेक्चुअल प्रोपर्टी एड्मिनिस्ट्रेसन (सीएनआईपीए) मा आफ्नो साउन्ड चार्जिङ प्रविधिका लागि पेटेन्ट दर्ता गराएको छ ।

साओमीले यसअघि नै हाइपर चार्ज प्रविधि बजारमा ल्याइसकेको छ । जसमा प्रयोगकर्ताले २०० वाट वायर्ड फास्टचार्जिङको सपोर्ट प्राप्त गर्न सक्छन् ।

साओमी नयाँ नयाँ प्रविधिको मामिलामा अन्य स्मार्टफोन निर्माता कम्पनीभन्दा निकै अगाडि छ । यसैक्रममा कम्पनीले वाई–फाई जस्तै चार्जिङ प्रविधि बनाइरहेको छ ।

तर साओमी त्यसबाट एक कदम अगाडि बढेर साउन्ड चार्जिङ प्रविधि समेत ल्याउन अग्रसर भएको हो । यसमा प्रयोगकर्ताले अह्राएकै भरमा मोबाइल चार्ज हुन थाल्नेछ । आउँदो नयाँ वर्षमा साओमीले यो प्रविधि बजारमा ल्याउने बताइएको छ ।

साओमीको साउन्ड चार्जिङ प्रविधिको पेटेन्ट अनुसार यो इलेक्ट्रोनिक उपकरणले मेकानिकल भाइब्रेसनलाई अल्टरनेटिङ करेन्ट (एसी) मा परिवर्तन गरिदिन्छ । त्यसपछि कारण पावर कन्भर्जन उपकरणको सहयोगमा यसलाई डीसीमा बदल्न सकिन्छ ।

साओमीको अपकमिङ साउन्ड चार्जिङ प्रविधिमा स्मार्टफोनलाई पावर सर्किटमा नलगाएरै चार्ज गर्न सकिनेछ । यो निकै आधुनिक किसिमको चार्जिङ प्रविधि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्