६ जेष्ठ २०८१, आईतवार

 

सिटी एक्सप्रेस र ट्यापट्याप सेन्डबीच कारोबार सम्झौता

बेलायतमा रहेका नेपालीले अब ट्यापट्याप सेन्ड सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सहजै पैसा पठाउन सक्ने भएका छन् । बेलायतको ख्यातिप्राप्त ट्यापट्याप सेन्ड सेवा र सीटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबारको सम्झौता भएको हो ।

ट्यापट्याप सेन्डबाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टबाट लिन सकिने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसका अनुसार उक्त पैसा नेपालको जुनसुकै बैंकको खातामा जम्मा वा मोबाइल वालेटमा लोड गर्न सकिनेछ । साथै हरेक कारोबारबारे ग्राहकले एसएमएसमार्फत जानकारी पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्