रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मानवसेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ ।
इन्स्योरेन्स कम्पनीको चौथो वार्षिकोत्सवको अवसरमा बागलुङ शाखाले मंगलबार मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेको हो । वार्षिकोत्सवको अवसरमा मानवीय कार्य गर्ने योजना अनुसार मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको शाखाका प्रमुख नारायण पौडेलले बताए ।
शाखा प्रमुख पौडेलले आश्रममा एक छाक खाना खुवाउनेहरु धेरै भएपनि आफूहरुले केही दिनको लागि आश्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न हस्तान्तरण गरेको बताउ ।
कम्पनीले आश्रमलाई ६ हजार रुपैयाँ बराबरको चालम, तेल, मसला, माक्स लगायतका सामाग्री सहयोग गरेको छ ।
इन्स्यारेन्स कम्पनीका शाखा प्रमुख पौडेल सहितको टोलीले आश्रमकी सुमिरा लामालाई सामाग्री हस्तान्तरण गरेको थियो ।
आश्रममा महिला, पुरुष र बालबालिका गरि ४८ जना रहेका छन् ।













































































































































































































