६ जेष्ठ २०८१, आईतवार

 

प्रभु बैंकले गेटका विद्यार्थीलाई ५ लाखसम्म शैक्षिक कर्जा दिने

ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट)का विद्यार्थीहरुलाई प्रभु बैंकले ५ लाख रुपैयाँसम्म सहुलियत दरमा शैक्षिक कर्जा पाउने भएका छन् ।

आइडिया स्टुडियो नेपालको अगुवाईमा बुधबार मण्डिखाटारमा रहेको गेट कलेज र प्रभु बैंकबीच भएको सम्झौता अनुसार त्यहाँ अध्ययनरत विद्यार्थीहरुले सो कर्जा पाउने भएका हुन् ।

ग्लोबल एकेडेमीअफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कलेजको सिफारिसमा शैक्षिककर्जा दिने गरि बैंक र कलेजबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कलेजका तर्फबाट खेमराज लकाईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययनगर्न चाहने विद्यार्थीहरुलाइ बैंकले आवश्यकप्रक्रिया पूरा गरी अधिकतम ५ लाख रुपैयाँ सम्मको शैक्षिककर्जा सुविधा उपलब्ध गराउने छ । यो शैक्षिककर्जा सुविधारकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुनेछ ।

शैक्षिककर्जा सम्बन्धी यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेण्ट तथा पर्यटन जस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेका देशका क्षमतावान एवं जेहेन्दार विद्यार्थीहरुलाई उक्तकलेजमा भर्ना भई उच्च शिक्षा हासिलगर्न आर्थिक रुपमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्झौताले आर्थिक अभावमा उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्यहुने आशा गरिएको आइडिया स्टुडिया नेपालका अध्यक्ष डा.छिरिङ लामाको भनाई छ ।

होटेल तथा पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष एवं प्राविधिक जनशक्ति उत्पादन भई समग्र देश विकासमा योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्