२४ बैशाख २०८१, सोमबार

 

अमेरिकामा बाढी : १९ महिने बालकसहित तीन नेपालीको मृत्यु

अमेरिकाको न्यूयोर्कमा बाढीबाट १९ महिने बालकसहित तीन नेपालीको मृत्यु भएको छ । ज्यान गुमाउनेहरु एकै परिवारका रहेका छन् ।

न्यूयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रिटमा रहेको घरमा उनीहरु मृत फेला परेका हुन् । ज्यान गुमाउनेमा २० वर्षीया मिङ्मा शेर्पा, ४९ वर्षीय आङगेलु लामा र १९ महिने बालक लोप्साङ लामा रहेका छन् ।

उनीहरु बस्दै आएको बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो। उनीहरुले तेश्रो तल्लामा बस्ने एक महिलालाई बेलुकी साढे ९ बजेतिर अत्तालिँदै फोन गरेको खुलेको छ । मिङ्माले आत्तिएर पानी पसिरहेको बताउँदा तेश्रो तल्लामा बस्ने महिलाले आफू बसेको तेश्रो तल्लामा आउन भनेकी थिइन्।

उनीहरुको कोठामा झ्यालबाट पानी पसेको थियो। प्रहरी घटनास्थलमा पुग्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए। झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएका उनीहरु सबैजना सोलुखुम्बुको जुनबेंसीकाका हुन् ।

प्रतिक्रिया दिनुहोस्