३ श्रावण २०८३, आईतवार

 

एक घण्टामै सय अंक बढीले घट्यो नेप्से

आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सय अंकभन्दा बढीले घटेको छ । कारोबार सुरु भएको डेढ घन्टा पनि नपुग्दा परिसूचक १०० भन्दा बढीले घटिसकेको छ । यो समाचार तयार पार्दासम्म आज नेप्से परिसूचकमा १०७ अंकको गिरावट आएको छ ।

यो भनेको नेप्सेमा आएको ३.६८ प्रतिशतको गिरावट हो । यसक्रममा अहिलेसम्म ९४ लाख २८ हजार कित्ता सेयर किनबेच भएर ४ अर्ब ३९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा ८ प्रतिशतको, विकास बैंकमा ७ प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung