२४ भाद्र २०८३, बुधबार

 

एमसीसीविरुद्ध विप्लवको काठमाडौंमा प्रदर्शन

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन (जनसभा) गरेको छ।

खुलामञ्चमा भएको सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत देशभक्त जनतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले सम्बोधन गर्नेक्रम जारी रहेको छ ।

सरकारले संसदबाट एमसिसी पास गराउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको विरोधमा प्रदर्शनसहित जनसभा गरेको हो। जनसभा अघि राजधानीका विभिन्न स्थानहरूबाट र्‍याली तथा जुलुसहरू निकालिएका थिए।

सभालाई सम्बोधन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी अनुमोदन गरिए त्यसविरुद्ध एकीकृत जनक्रान्ति गर्ने बताए ।

उनले अब संसदीय चुनाव नभई जनमत संग्रह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung