६ जेष्ठ २०८१, आईतवार

 

बिरौटामा लक्ष्मी बैंकको शाखा

लक्ष्मी बैंकले पोखरा महानगरपालिका–१७ को बिरौटामा शाखा सञ्चालनमा ल्याएको छ। बैंकको यो १३६औं शाखा हो ।

नयाँ शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा पुगेको छ । बैंकका १ सय ६६ एटीएम, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर ६३ शाखारहित बैंकिङ सेवा छन् ।

प्रतिक्रिया दिनुहोस्