६ जेष्ठ २०८१, आईतवार

 

दसैंलाई लक्षित गरी नबिलको नयाँ योजना

नबिल बैंकले आकर्षक ब्याजदरसहितको नयाँ मुद्दती योजना सार्वजनिक गरेको छ । दसैंको अवसर पारेर नबिलले ‘सुनौलो उपहार फिक्स डिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’ योजना ल्याएको हो ।

गत वर्षको उत्कृष्ट दसैं अफरको सफलतापछि यस वर्ष पनि योजना सञ्चालनमा ल्याइएको नबिलले जनाएको छ । नबिलले यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर दिने भएको छ ।

एक वर्षभन्दा माथिको अवधिका लागि ल्याइएको योजना असोज १ देखि लागू हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्