६ जेष्ठ २०८१, आईतवार

 

गरिमा विकास बैंकका ग्राहकलाई कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट

गरिमा विकास बैंकका ग्राहकलाई कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतसम्म छुट हुने भएको छ । बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग आर्कषक छुटको लागि सम्झौता गरेको हो ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा निम्नानुसार छुट सुबिधा पाउन सक्ने छन् :

– हेयर ट्रान्सप्लान्ट : २५ देखि ४० प्रतिशतसम्मको छुट
– स्किन एण्ड लेजर ट्रिटमेन्ट : ३० प्रतिशत
– हेयर फल ट्रिटमेन्ट : २५ प्रतिशत
– डेन्टल ट्रिटमेन्ट : २० प्रतिशत
– ल्याब ईन्भेस्टिगेसन : १५ प्रतिशत

प्रतिक्रिया दिनुहोस्