२ कार्तिक २०८३, आईतवार

 

रेडक्रस बागलुङद्वारा कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन

नेपाल रेडक्रस सोसाइटी बागलुङले कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलय स्वास्थ्य विभागको सहयोगमा जिल्लामा तयारी तथा प्रतिकार्य कार्यक्रम सुरु भएको हो ।

कोभिड रोकथाम तथा नियन्त्रणको लागि बागलुङका १० वटै पालिकामा स्वयंसेवक छनोट गरि परिचालन गरेको छ । बागलुङ नगरपालिकामा अर्जुन कार्की,काठेखोला गाँउपालिकामा माया खड्का,ताराखोला गाँउपालिकामा हेमन्त निउरे,तमानखोला गाँउपालिकामा रहित बुढा,निसिखोला गाँउपालिकामा ढगबहादुर विक,ढोरपाटन नगरपालिकामा कोशिस घर्ती क्षेत्री,वडिगार्ड गाँउपालिकामा मिनु थापा,जैमिनी नगरपालिकामा बावुराम आचार्य,गलकोट नगरपालिकामा शिव खत्री र बरेङ गाँउपालिकामा तिलक बहादुर सुवेदीलाई स्वयंसेवक छनोट परिचालन गरिएको हो ।

स्वयंसेवकहरुलाई आवश्यक तालिम प्रदान गरि सम्वन्धीत पालिकामा परिचालन गरेको कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम समन्वय कर्ता राजु सिग्देलले जानकारी दिए ।

स्वयंसेवकहरुले पालिका स्तरमा माईकिङ,सूचना शिक्षा सामाग्रि द्धारा जनचेतना जगाउने ,खोप अभियानमा सहयोग गर्ने ,होम आईसोलेसन तथा कन्याकट्रेसिङ सम्पर्क खोजी कार्यहरुमा सहयोग गर्ने जनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटीले विपद्को समयमा पीडित व्यक्तिहरूलाई राहत वितरण, आपत्कालीन प्राथमिक उपचार प्रदान गर्नुको साथै एम्बुलेन्स, रक्तसंचार सेवा, आँखा उपचार र पारिवारिक सम्पर्क पुनःस्थापनाजस्ता सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung