१ जेष्ठ २०८१, मंगलवार

 

गलकोट महोत्सवमा हेलिकोप्टर प्रमुख आकर्षण

गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव २०७८ पौष १६ गतेदेखि जारी छ । महोत्सवमा हेलिकोप्टर मार्फत दृश्यअवलोकन सुरु भएको छ ।

पौष २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन गर्न पाउने सुविधाले धेरैलाई आकर्षित गरेको छ ।

यसपाली महोत्सवको अवसरमा हेलिकोप्टर मार्फत विशेष अफर सहित पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत दृश्यावलोकन गर्न पाईने छ । त्यसको लागि सम्पुर्ण तयारी पुरा भएको गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजक समितीका अध्यक्ष रुपक पाण्डेले जानकारी दिनुभयो ।

महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकोप्टर मार्फत महोत्सव स्थल मजुवाफाँट देखि गलकोटको आकाश, पर्यटकीय गन्तव्य घुम्टे र ढोरपाटन सम्मको दृश्य अवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न ईच्छुकलाई अहिले टिकट बुकिङ खुल्ला गरिएको छ ।

महोत्सवमा आउने दर्शकहरुको सहजताको लागि विभिन्न प्याकेजहरु तयार गरिएको महोत्सव हेलिकोप्टर व्यवस्थापन समिति संयोजक हरि खत्रीले जानकारी दिनुभयो ।

पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्य अवलोकन गर्न सकिने छ । जारी गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा समेत गरिएको छ ।

हेलिकोप्टर दृश्यावलोकनमा कति खर्च लाग्छ रुन्युनतम १० देखि १५ मिनेट सम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्नेको लागि प्रति व्यक्ति रु १० हजार शुल्क लाग्ने छ ।

हेलिकोप्टर मार्फत गलकोट घुम्न पाईनुका साथै घुम्टे शिरमा अवस्थित शिद्ध भैरव मन्दिरको दृश्यावलोकन सहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्यहरु अवलोकनको लागि १५ मिनेट समयको रु १५ हजार शुल्क निर्धारण गरिएको छ ।

गलकोट सहित नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको हेलिकोप्टर मार्फत अवलोकन गर्न रु २५ हजार शुल्क निर्धारण गरिएको महोत्सवका कार्यक्रम संयोजक हुम थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्