१५ बैशाख २०८१, शनिबार

 

शेयर बजारमा १०० अङ्कको गिरावट, ८ बाहेक सबै कम्पनीको शेयर मूल्य घट्यो

सोमबार शेयर बजारमा भारी गिरावट आएको छ। शेयर बजार परिसूचक नेप्से सोमबार एकैदिन १०० अङ्कले घटेर २ हजार ८२० विन्दुमा ओर्लिएको छ। यो अघिल्लो दिनको तुलनामा ३.४३ प्रतिशत कम हो।

सोमबार नेप्सेमा कारोबार भएकामध्ये आठ कम्पनी बाहेक सबैको शेयर मूल्य घटेको छ। विन नेपाल लघुवित्त, बुद्धभूमि हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, गोर्खा फाइनान्स लगायत कम्पनीको भने शेयर मूल्य बढेको छ।

सबैभन्दा धेरै कर्णाली विकास ब्यांक, माउन्टेन हाइड्रो, आशा लघुवित्त, ओरेन्टल होटलका लगानीकर्ताले सात प्रतिशतभन्दा धेरै गुमाएका छन्।

बजार घटे पनि कारोबार रकम भने ठूलो छ। सोमबार २२८ कम्पनीका रु। ८ अर्ब ८८ करोड मूल्य बराबरका शेयर किनबेच भए।

सबैभन्दा धेरै विकास ब्यांक समूह ४.५ प्रतिशत, जलविद्युत् समूह ४.४५ प्रतिशत, वित्त कम्पनी समूह ४.३ प्रतिशतले घटे। सबै समूहका उपसूचक घटेका छन्। ब्यांकिङ समूह २.८८ प्रतिशत, जीवन बीमा समूह ३.३७ प्रतिशत, निर्जीवन बीमा समूह ३।७८ प्रतिशतले घटेका छन्।

ब्यांकिङ प्रणालीमा लगानीयोग्य रकममा फेरि चाप बढ्न थालेसँगै लगानीकर्ताको विश्वास धर्मराएको अनुमान गरिएको छ। ब्यांकिङ प्रणालीमा तरलता केही सहज हुँदै गएसँगै पछिल्ला सातामा नेप्सेमा सुधार आएको थियो।

प्रतिक्रिया दिनुहोस्