लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीले बीमितको परिवारलाई जीवन बिमा बापतको दावी रकम हस्तान्तरण गरेको छ ।
मंगलबार बागलुङ नगरपालिका वडा नं ३ निवासी ५२ वर्षीय श्रीमती इन्दिरा शाक्यले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल बागलुङ शाखाकी वरिष्ठ अभिकर्ता एवं सिनियर एजेन्सी म्यानेजर राममाया घिमिरे रमासँग १० वर्षको लागि ५ लाखको धनवृद्धि योजना खरीद गरी ३ वर्षको वार्षिक किस्ता रकम भुक्तान समेत गरेकी थिइन् । शाक्यको कोरोनाका कारण मृत्यु भएको थियो ।
जीवन बिमा वापतको रकम लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल बागलुङ शाखाकी वरिष्ठ अभिकर्ता एवं सिनियर एजेन्सी म्यानेजर राममाया घिमिरे रमा र शाखा प्रमुख नवराज सुवेदीले शाक्यका छोरा बिजेन्द्र शाक्यलाई हस्तान्तरण गरेका थिए ।
उक्त कार्याक्रममा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल बागलुङ शाखाकी वरिष्ठ अभिकर्ता एवं सिनियर एजेन्सी म्यानेजर राममाया घिमिरे रमा र शाखा प्रमुख नवराज सुवेदी र एजेन्सी म्यानेजर रामकाजी भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।













































































































































































































