२९ बैशाख २०८१, शनिबार

 

टोकियोसहित १३ वटा प्रान्तमा सकिन लागेको अर्ध-आपतकाललाई थप तीन हप्तासम्म विस्तार

जापानले कोभिड-१९ को अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टको फैलावट रोक्नको लागि टोकियोसहित १३ प्रान्तहरूमा फेब्रुअरी १३ सम्मका लागि लगाईएको अर्ध-आपतकाललाई थप तीन हप्ता विस्तार गर्ने योजना बनाएको प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।

आइतवारदेखि मार्च ६ सम्म अर्ध-आपतकालिन अवस्थालाई विस्तार गर्न सरकारले विज्ञहरूसँग परामर्श गरेपछि बिहीबार अन्तिम रूप दिइने र यसबाहेक पश्चिमी जापानको कोची प्रान्त पनि शनिबारदेखि मार्च ६ सम्म अर्ध-आपतकालिन अन्तर्गत राखिने किशिदाले बताए । जापानमा कोची अर्ध-आपतकालिन विस्तार अन्तर्गत ३६ औं प्रान्त हुने भएको छ ।

राजधानी र यसका तीन छिमेकी प्रान्तहरू साइतामा, चिबा र कानागावा साथै गुन्मा, निगाटा, गिफु, आइची, मिए, कागावा, नागासाकी, कुमामोटो र मियाजाकी प्रान्तले कोरोना संक्रमणको दरमा उल्लेख्य गिरावट नआइ रहेकोले स्वास्थ्य व्यवस्थालाई सहज बनाउन र संक्रमण रोकथामका लागि अर्ध – आपतकालीन अवस्था विस्तारको लागि अनुरोध गरिरहेको सन्दर्भलाई ध्यानमा राखेर समयावधि थप गर्न लागिएको बताईएको छ ।

अर्ध-आपतकालीन अवस्थामा रेस्टुरेन्ट र बारहरूको व्यावसायिक समयावधि कम गरिनुका साथै प्रान्तहरू बीचको अनावश्यक यात्रा नगर्न अनुरोध गरिदै आइएको छ।

“हामी उपाय विस्तार गर्न (सरकारी प्यानलसँग) परामर्श गरिरहेका छौं किनभने स्थिति सुरक्षित छैन” किशिदाले आफ्नो कार्यालयमा पत्रकारहरूलाई भने बढ्दो संक्रमणले आर्थिक गतिविधिमा बाधा पुग्ने सम्भावनाको चेतावनी पनि दिइरहेकाले त्यसतर्फ पनि हामी सचेत छौ ।

भाइरसको संक्रमण बृद्धिको गिरावटमा कुनै उल्लेख्य सफलता नपाइएको देशको चिकित्सा प्रणालीलाई दबाबमा रहिरहेको कुरालाई ध्यानमा राखेर बाँकी २१ प्रान्तहरू मध्ये धेरैले फेब्रुअरी २० को अन्त्य पछि पनि अर्ध आपतकाल उपायको विस्तार खोज्ने अपेक्षा गरिएको एक सरकारी स्रोतले भनेको छ ।

किशिदाले भने सरकारले संक्रमणको अवस्था र अन्य अवस्थाको सुक्ष्म अध्ययन गरेर आगामी बुधबारसम्म ओसाका सहित २१ क्षेत्रहरूको लागि उपाय विस्तार गर्ने कि नगर्ने निर्णय गर्नेछ।
टोकियोमा बुधबार १८,२८७ नयाँ कोरोनाभाइरसका केसहरू प्राप्त भएपछि किशिदाले टोकियो र ओसाकामा अस्पतालको १००० बेड क्षमता बढाउन र पर्याप्त चिकित्सा कर्मचारीहरू सुरक्षित गर्न अस्थायी चिकित्सा सुविधाहरू स्थापना गर्ने सहितका योजना समेत घोषणा गरे।

टोकियोका गभर्नर युरिको कोइकेले किशिदासँगको भेटपछि राजधानीले होटल र खाली रहेको पुरानो मेडिकल लाई उपयोग गरि गरी ६६० शय्या थप्ने र गर्भवती महिलालाई सहयोग गर्ने सुविधा पनि स्थापना गर्ने बताईन।
बुधवार देशभर कोरोना संक्रमणका नया संक्रमित ९७,८७७ फेला परे भने १६२ जनाको कोभिड-१९ का कारण मृत्यु भयो यो लगातार दोस्रो दिनको लागि उच्च रेकर्ड हो ।

स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् कि जापानमा हालैको छैठौं लहरमा ओमिक्रोनद्वारा सञ्चालित संक्रमणको चरम सीमामा छ र त्यहाँ गम्भीर लक्षणहरू भएका थप बिरामीहरू हुनेछन्।

बिरामीहरू स्वीकार गर्न अस्पताल खोज्न संघर्ष गरिरहेका एम्बुलेन्सहरूको साप्ताहिक घटनाहरूले लगातार चौथो हप्ताको लागि पनि रेकर्ड क़ायम गरेका छन । अस्पताल खोजिरहेका ३६ प्रतिशत केसहरू कोरोनाभाइरससँग सम्बन्धित रहेका छन।

 

प्रतिक्रिया दिनुहोस्