१९ बैशाख २०८१, बुधबार

 

घुम्टे युवा परिवार जापान शाखाद्वारा मनकुमारीलाई ४ लाख ५८ हजार सहयोग

रक्तचापका कारण टाउकोमा गम्भीर समस्या देखापरि लामों उपचारका कारण आर्थिक अभावले थप उपचारमा समस्यामा परेकी गलकोट नगरपालिका वार्ड नम्बर ७ कि ६१ वर्षीय मनकुमारी परियारलाई घुम्टे युवा परिवार जापान शाखाले उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ ।

निम्नमध्यम वर्गीय परिवारकी परियारको उच्चरक्त चापका कारण टाउकोमा गम्भीर समस्या देखापरेपछि काठमाडौको टिचिङ अस्पतालमा करिब एक महिना लामों समयसम्म भर्ना गरेर उपचार गराउदा आर्थिक अभाव भै शाखालाई पिडित परिवारले आग्रह गरेपछि संचालित आर्थिक संकलन अभियानबाट संकलित ४ लाख ५८ हजार ६ सय ५१ रुपैया रकम पिडित परियारलाई बिहिबार काठमाडौको निमन्त्रणा गेष्ट हाउसमा आयोजित रकम हस्तान्तरण कार्यक्रममार्फत प्रदान गरिएको अध्यक्ष दिनेश थापाले जानकारी दिए ।

बिरामी परियारका श्रीमान मनबहादुरले गलकोट मल्ममा आफ़्नो सीप र कलाकौशलद्वारा योगदान पुर्याउदै आइरहेकोले उनको परिवारमा परेको आपठ्यारोका बेला मानवीय सेवाका हिसाबले शाखाको तर्फबाट सो आर्थिक सहयोग गरिएको अध्यक्ष थापाले बताए ।

बिरामी परियार काठमाडौमा उपचारका क्रममा रहदा निमन्त्रणा गेष्ट हाउसका संचालक नवराज गौतमले सम्पूर्ण व्यवस्थापकीय भूमिका निर्वाह गरेकोले उहाँकै संयोजन तथा शाखाका प्रतिनिधिको जानु थापा कलाकार दुर्गेश थापा,गायक ईश्वर सिंह,गजिन्द्र चोखाल,राम खत्री बिरामीका श्रीमान मनबहादुर लगायतको उपस्थितिमा सो रकम परियारलाई हस्तान्तरण गरिएको शाखाका सचिव तुलविर थापाले जानकारी दिए ।

सहयोग रकम ग्रहण गर्दै मनकुमारीले बिरामी पर्दा समाजका दाजुभाइ दिदीबहिनी छोराछोरी सबैको साथले अब स्वास्थ्य भएर बाँकी जीवन बाच्ने हौसला मिलेको गह भरी आशु पार्दै भनिंन-समाज छरछिमेक हुनुको तात्पर्य बल्ल महशुष भयो, परदेशमा रहेर पनि दुःखको बेलामा साथ दिने हुनु हुदो रहेछ ।शाखाले संचालन गरेको अभियानमा झण्डै ११० जना सहयोगी मनद्धारा सो सहयोग रकम संकलन भएको कोषाध्यक्ष बिष्णु थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्