२ जेष्ठ २०८१, बुधबार

 

जापानले नयाँ इलिजीबिलीटी भएका विद्यार्थी, कामदार र व्यापारीलाई प्रवेश अनुमति दिने

जापान सरकारले कोरोना माहामारी बिचपनि मार्च १ बाट नया विद्यार्थी, प्रशिक्षार्थी कामदार र व्यापारिक उद्देश्यले जापान आउन इलिजीबिलीटी भएकाहरूलाई आगमन अनुमति खुलाउने भएको छ।जापान सरकारले नयाँ कोरोनाभाइरस ओमिक्रोन भेरियन्टको नियन्त्रण र रोकथामका उपायका लागि फेब्रुअरीको अन्त्यसम्म निलम्बन गरिएका विदेशीको प्रवेशमा क्रमशः सहजता दिने भएको छ ।

सुरुमा व्यापारिक उद्देश्य र अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेशलाई मार्चमा स्वीकृति दिइनेछ र त्यसपछि विस्तारै अन्यहरूलाई पनि जापान आगमनमा प्रवेश अनुमति हुँदै जाने बताईएको छ ।

ओमिक्रोन कोरोना भाइरस संस्करणको प्रतिक्रियामा नोभेम्बरको अन्त्यमा लागू गरिएको कडा सीमा नियन्त्रणहरू अब धेरै विस्तारहरू पछि मार्च १ मा समाप्त हुने गरि प्रक्रिया अगाडि बढ़ाईएको उदृत निक्केइ अनलाइन पोर्टलले जनाएको छ ।अब जापान सरकारले एक दिनमा १००० भन्दा बढी विदेशबाट आउने आगन्तुकहरूलाई अनुमति दिने योजना बनाएको र यस संख्यालाई क्रमश बढाउँदै पनि लगिने बताईएको छ ।

सैद्धान्तिक रूपमा न्यूनीकरणको सिद्धान्त अनुरूप नयाँ आगमन हुनेहरूका लागि २०२१ नोभेम्बर ३० देखि प्रवेशमा निलम्बन गरिएको थियो र यहि फेब्रुअरीको अन्त्यसम्म सो नीतिलाई विस्तार राखिने निर्णय यसअघि गरेको थियो ।”फेब्रुअरीको अन्त्य सम्म” कायम गरिएको सो नीतिलाई यस पटक विस्तार नगरी मार्चबाट जापान आगमनमा सहजता गराइने भएको छ ।

विद्यालय र कम्पनीहरूले आउने यात्रुहरूको नियमित निरीक्षण गर्न अनुरोध गर्ने र आगन्तुकहरूलाई जापान प्रवेश गरेपछि तोकिएको अवधिसम्म सेल्फ़ आइसोलेशनमा बस्न आग्रह गरिनेछ।

सरकारले अनुसन्धानकर्ता र इन्जिनियरहरूका साथै “सार्वजनिक लाभ” प्रदान गर्ने कामदारहरूलाई प्राथमिकतामा राखेर आगमन अनुमति दिने उल्लेख गरिएको छ। यसअघि नै केहि निश्चित सरकारी प्रायोजित विदेशी विद्यार्थीहरूलाई देशमा प्रवेश गर्न अनुमति दिन थालेको थियो। अब आगमन सहज बनाउदा जापानमा व्यक्तिगत रूपमा अध्ययनका लागि आउने विद्यार्थीहरूलाई प्राथमिकता दिनेछ।

क्वारेन्टाइन अवधि पनि सात दिनबाट घटाएर तीन दिन वा सोभन्दा कम गर्ने विचाराधीन अवस्थामा रहेको बताईएको छ। जापान प्रवेशका लागि योग्य हुनको यात्रुहरू जापानी र विदेशी दुवै नागरिकहरूले बूस्टर खोप प्राप्त गर्नुपर्नेछ र कोभिड(१९ को परीक्षण गरिएको हुनुपर्छ।

कागजी कार्य र स्क्रीनिंग प्रक्रियालाई आवश्यक सरलीकरण गर्ने योजना बनाइएको छ । कोरोना भाइरसको नया संक्रमणको प्रवृतिका आधारमा अर्को हप्ताको सुरुमा यो निर्णय गरिनेछ समाचारमा जनाईएको छ ।

हालको नियम अन्तर्गत, स्थायी बसोबास रहेका विदेशी नागरिकहरु, रिइंट्री रहेका विदेशी नागरिक विदेशमा रहेका जापानी नागरिक र “सार्वजनिक लाभ” को कारणहरु जापान प्रवेश गर्नुपर्नेहरूलाई मात्र आगमन प्रवेश दिइ डिसेम्बरमा प्रति दिन औसत ७६७ आगन्तुकलाई मात्र जापान प्रवेश गराइने गरिएको थियो ।

केही समय अगाडी आश्रित भिसालाई प्रवेश अनुमति प्रदान गरिएको भएपनि अन्य जापान आउन चाहने नया इलिजिबिलिटी भएकाहरूलाई अनुमति दिइएको थिएन ।मार्च १ बाट जापान आगमनमा सहज बनाईने बारेमा सरकारी संचारमाध्यम र सरकारी अधिकारीहरूले केहि उल्लेख गरेका छैनन ।थप जानकारीको लागि यहाँ हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्