२६ बैशाख २०८१, बुधबार

 

नेपाली जनप्रगतिशील मंच जापानले जनयुद्ध दिवसमा शुभकामना आदान प्रदान कार्याक्रम गर्ने

नेपाली जनप्रगतिशील मंच जापानले २७ औं जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्याक्रमको आयोजना गर्ने भएको छ ।

फागुण १ गते जापानी समय अनुसार साँझ ७ बजे अनलाइन शुभकामना आदान प्रदान कार्याक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशील मंच जापानका अध्यक्ष भवानी पन्तले नयाँ विश्वलाई जानकारी दिए ।

नेपालको राजनैतिक,सामाजिक,साँस्कृतिक र आर्थिक परिर्वतनको लागि महत्वपूर्ण योगदान र बलिदान दिएको राजनैतिक परिघटना सुरु भएको फागुण एक गतेलाई विशेष ढंगले प्रवासमा भएका  दाजुभाई दिदी बैनीहरुको विचमा मनाउन उक्त कार्याक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशील मंच जापानका अध्यक्ष पन्तले जानकारी दिए । कार्याक्रममा प्रमुख अथितिको रुपमा नेपाल सरकारको अर्थमन्त्री जनार्दन शर्मा र नेकपा (माओवादी केन्द्र)  प्रवास समितिका अध्यक्ष ओम शर्माले सम्बोधन गर्दै छन् ।

भोलिको अनलाइन कार्याक्रममा जनयुद्धमा महत्वपूर्ण योगदान गरेका शहिद,बेपत्ता परिवारका सदस्यहरु,नेकपा (माओवादी केन्द्र) का नेता,कार्यकता, नेपाली जनप्रगतिशील मंच जापानका पदाधिकारी, सदस्यहरु र पत्रकारहरुको उपस्थिति रहने मंचले जनाएको छ ।

२०५२ साल फागुण १ गते नेपालमा विद्यमान सामन्तवादी र औपनिवेशिक व्यवस्थालाई अन्त्य गरी जनताको जनवादी व्यवस्था स्थापनाको लागि तत्कालिन नेकपा माओवादी पार्टीको अध्यक्ष प्रचण्डको नेतृत्वमा सशस्त्र संघर्षको थालनी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्