२६ बैशाख २०८१, बुधबार

 

होटल संघ नेपालको अध्यक्षमा श्रेष्ठ

होटल व्यवसायी संजय श्रेष्ठको अध्यक्षतामा होटल संघ नेपाल (हान नेपाल) जिल्ला तदर्थ समिति बागलुङ गठन भएको छ । सोमबार बागलुङ बजारमा सम्पन्न होटल व्यवसायीहरुको भेलाले संजय श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय दतर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सविता आचार्य, सचिवमा एञ्जिल शाक्य र कोषाध्यक्षमा डोलराज पौडेल चयन भएका छन् ।

समितिका सदस्यहरुमा ललिता थापा, श्रीप्रसाद शर्मा, रुशन सापकोटा, हिमाल पौडेल र मनप्रसाद गुरुङ चयन भएका छन् ।तदर्थ समितिले तीन महिनाभित्र साधारणसभा गरेर नयाँ समिति चयन गर्ने छ । होटल संघ नेपालले होटल व्यवसायीको हकहित र पर्यटन प्रबद्र्धनमा काम गर्ने अध्यक्ष संजय श्रेष्ठले नयाँ विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्