१ जेष्ठ २०८१, मंगलवार

 

महिला समूह र धवलागिरि सहकारीद्वारा विद्यार्थीलाई ६० हजारको जुत्ता र मोजा सहयोग

बागलुङ – बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूह र धवलागिरि वचत तथा ऋण सहकारी संस्था लिले १ सय ६८ जना विद्यार्थीहरुलाई जुत्ता र मोजा सहयोग गरेको छ ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष विजया राजभण्डारी र धवलागिरि बचत तथा ऋण सहकारी,सुन्धाराका अध्यक्ष युक्त प्रसाद शाक्यले ६० हजार बराबरको जुत्ता र मोजा चन्टल मौडि एकेडेमीको प्रिन्सिपल सन्दिप नेपालीलाई हस्तान्तरण गरेका हुन् ।

‘हामीले विद्यार्थीहरुको उज्ज्वल भविष्यमा निर्माण गर्न र उनीहरुको मनोबल उच्च बनाउन सहयोग उपलब्ध गराएको,’ केन्द्रकी अध्यक्ष विजया राजभण्डारीले भनिन् ।विद्यालयलाई भविष्यमा पनि आवश्यकताअनुसार सहयोग गर्ने धवलागिरि वचत तथा ऋण सहकारीका अध्यक्ष युक्त प्रसाद शाक्यले बताए ।

विद्यार्थीहरुलाई समूहकी सचिव मन्दिरा श्रेष्ठले मोजा, सहनशिला शाक्यले ४५ वटा प्लेट, अन्सु राजभण्डारीले विस्कुट उपलब्ध गराएकी थिइन् ।

कार्यक्रममा धवलागिरि वचत तथा ऋण सहकारीका कार्यकारी अधिकृत रामकुमार राजभण्डारी, धवलागिरि बचत तथा ऋण सहकारीको शिक्षा उपसमितिका सदस्य बाल कुमार शाक्य, चन्टल मौडि एकेडेमीको प्रिन्सिपल सन्दिप नेपाली, बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी सल्लाहकार शोभा शाक्य,निर्मला श्रेष्ठ,कोषाध्यक्ष केमिकल शाक्य, सदस्यहरु सरिता प्रधान,मन्जु श्रेष्ठ राजभण्डारी,निर्मला बरगामी,अमिता श्रेष्ठ,सृजना हाडा,संरजला राजभण्डारी,सहनशिला शाक्य,अन्सु राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रम धवलागिरि वचत तथा ऋण सहकारीका अध्यक्ष युक्त प्रसाद शाक्यको अध्यक्षता, बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी उपाध्यक्ष सोनी श्रेष्ठको स्वागत र सचिव मन्दिरा श्रेष्ठको सञ्चालनमा भएको थियो ।

गोदावरी नगरपालिका,टौखेलमा रहेको चन्टल मौडी एकेडेमीमा १ सय ६८ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्