२० बैशाख २०८१, बिहीबार

 

नास्टले बागलुङमा चैत ७ देखि विज्ञान मेला गर्दैै

बागलुङको विद्यामन्दिर माध्यामिक विद्यालयमा चैत ७ देखि ९ गतेसम्म विज्ञान मेला आयोजना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यस वर्षको विज्ञान मेला बागलुङमा गर्न थालेको हो ।

बागलुङमा आइतबार पत्रकार भेटघाटको आयोजना गरि मेला गर्न लागेको जनाएको छ। मेलामा बागलुङ, पर्वत र म्याग्दीका १० सामुदायिक विद्यालयका ७० जना विद्यार्थीहरुको वैज्ञानिक आविस्कार तथा प्रतिभा प्रर्दशन गर्ने, विज्ञान सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता,विज्ञान विषय अध्यापन गराउने शिक्षकलाई तालिम र  विज्ञान विषयमा कविता वाचन गर्ने नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)का प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले जानकारी दिइन् ।

चैत ७ देखि ९ गते सम्म सञ्चालन हुने विद्यालय स्तरीय प्रतियोगितात्मक विज्ञान मेलामा उत्कृष्ट हुँने विद्यार्थीलाई पुरस्कृत गरिने छ । बागलुङका चार सामुदायिक, पर्वतका दुई र म्याग्दीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागी गराइने नास्टले जनाएको छ ।

कार्यक्रममा सामुदायिक विद्यालयमा विज्ञान शिक्षकबीच अन्तरक्रिर्या, विज्ञानको क्षेत्रमा भएको विद्यार्थीको योगदान र प्रर्बद्धनका विषयमा समेत छलफल गरिने छ । बज्रका अनुसार २०३९ सालमा स्थापना भएको नास्टले हालसम्म काठमाण्डौं उपत्यका बाहेक ६४ जिल्लामा विज्ञान मेला गरिसकेको र १६ हजार विद्यार्थी र स्थानीय समुदायहरु लाभान्वित भएका छन् ।

विज्ञान मेलामा प्रत्येक विद्यालयले तीन उत्कृष्ट विज्ञान सम्बन्धी कला प्रर्दशन गर्न सक्ने र एउटालाई मात्रै प्रतियोगितमा समावेश गराइने छ । विज्ञान मेलामा प्रत्येक विद्यालयको ६ जना विद्यार्थी र एक विज्ञान शिक्षक सहभागी गराईने छ ।

पत्रकार भेटघाटमा विद्यामन्दिर माध्यामिक विद्यालयका शिक्षक छविरमण रेग्मीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विद्यामन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक शान्तामणि ढकालले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्