६ जेष्ठ २०८१, आईतवार

 

सेञ्चुरी कमर्सियल बैंकद्वारा कालिका कन्या मन्दिर मा.वि.मा वित्तीय साक्षरता प्रदान

सेञ्चुरी कमर्सियल बैंक बाग्लुङ शाखाले ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बाग्लुङ -३ मा रहेको कालिका कन्या मन्दिर मा.वि. का कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय व्यवस्थापन र बचत सम्बन्धी जानकारी दिइएको थियो ।

कार्यक्रममा विद्यार्थी, कर्मचारीसहित ७० जनाको सहभागिता थियो । सो अवसरमा सेञ्चुरी कमर्सियल बैंक बाग्लुङ शाखा प्रवन्धक दिपक शर्माले सहजिकरण गरेका थिए । ग्लोबल मनि विक’ हरेक मुलुकका किशोररकिशोरी तथा युवामा वित्तीय शिक्षाको महत्त्वको बारेमा जागरण ल्याउने उद्येश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक अभियान हो ।

यो सप्ताह सन् २०१२ देखि प्रत्येक वर्षको मार्च २१ देखि २७ सम्म मनाइदै आएको छ । हाल सेन्चुरी बैंकले १२९ शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २६ वटा शाखारहित बैंकिङ र ११३ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्