४ श्रावण २०८३, सोमबार

 

मेयर सुरत केसीले सुरु गरे निःशुल्क स्वास्थ्य शिविरको अभियान

म्याग्दी । बेनी नगरपालिकाका मेयर सुरत केसीले नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि गरिने स्क्रिनिङ शिविरको सुभारम्भ गरेका छन् । ग्रामीण भेगका सर्वसाधारण नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरिएको मेयर केसीले जानकारी दिए।

नगरको सबै स्वास्थ्य चौकीहरुलाई प्रभावकारी ढंगले यस विषयमा अभियान चलाउन आफू्रले निर्देशन दिएको मेयर केसीले बताए ।यसको प्रारम्भआइतबारदेखि घतान स्वास्थ्य चौकीबाट गरिएको हो । शिविरमा प्रेसर, सुगर, थाइरोइड,मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वास तथा क्यान्सरजस्ता नसर्ने रोगहरूको बारेमा स्वास्थ्य सल्लाह र स्वच्छ जिवन शैलीको बारेमा जानकारी दिइएको थियो । शिविरमा सुगर, प्रैसरलगायत नसर्ने रोगको पहिचान गर्ने काम भएको थियो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलक राज ढकालले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन,े नियमित निःशुल्क स्वास्थ्य शिविर संचालन गरी सेवाग्राहीलाई अधिकतम लाभ दिने काममा नगरपालिका लागेको बताए ।

कार्यक्रमको अवसरमा घतान स्वास्थ्य चौकी व्यवस्थापन समितिका निवर्तमान पदाधिकारीलाई विदाई गर्नुका साथै नवनिर्वाचित जनप्रतिनिधि र पदाधिकारीलाई स्वागत गरिएको थियो । कार्यक्रममा घतानका निवर्तमान वडा अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर चोखालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम घतानका वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर केसीको अध्यक्षता, अहेव कल्पना ढुङ्गानाको स्वागत र स्वास्थ्य चौकी इन्चार्ज जमुना शर्माको सञ्चालन सम्पन्न भएको थियो । पुलाचौर स्वास्थ्यचौकीमा १ सय ४४ जनाले, सिङ्गामा सञ्चालित शिविरमा १ सय ४२ जना, घतानमा १ सय १९, ज्यामरुककोटमा ९७, रत्नेचौरमा ९३ र भकिम्ली स्वास्थ्यचौकीमा ५५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

अबदेखि हरेक महिनाको १५ गतेका दिन नियमित रुपमा स्वास्थ्य शिविर सञ्चालन हुने नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नगर प्रमुख सुरत केसीले नगरको ६ वटा स्वास्थ्य संस्थामार्फत प्रत्येक महिनाको एक पटक ७० वर्षदेखि माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, हरेक महिनाको १५ गते स्वास्थ्य संस्थाहरुमा ४५ वर्षदेखि माथिका नागरिकहरुलाई लक्षित गरेर नसर्ने रोगको स्वास्थ्य शिविर सञ्चालन तथा नगर भित्रका विपन्न २ सय घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरि दिने निर्वाचित भएर आउनसाथ नगरवासीको हितमा निर्णय गरेका थिए ।

तस्वीर जनसन्देशबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung