७ जेष्ठ २०८१, सोमबार

 

राजस्व छलीका विद्युतीय सामग्रीसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यलय बागलुङले राजश्व छली गरी बिक्रीका लागि ल्याईएका विधुतीय सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ । बिहिबार बागलुङ बजारको हल्लनचोकबाट विल भरपाई नभएका मोवाईल, चारजर लगाएतका विधुतीय सामाग्रीहरु गैरकानूनी रुपमा विक्रीविरण गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१३ का ३८ वर्षीय जीवलाल गैरे र सर्लाही जिल्ला धनकौल गाउँपालिका–३ बस्ने ४२ वर्षीय चुनचुन मिश्र रहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । बरामद भएका सामग्री सहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको रानाले नयाँ विश्वलाई बताए।

प्रतिक्रिया दिनुहोस्