३१ बैशाख २०८१, सोमबार

 

आईएमई लाईफ इन्स्योरेन्सले थापाको परिवारलाई दियो ३१ लाख मृत्यु दाबी रकम

बागलुङ – आइएमइ लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।शुक्रबार कम्पनीको बागलुङ शाखाले बडिगाड गाउँपालिका वडा नम्बर १ नेपानेकी बिमित सावित्रा थापाको मृत्यु पश्चात बिमितका इच्छाएको व्यक्ति उनका श्रीमान बेलबहादुर थापालाई बिमा योजना अन्तर्गतको दाबी भुक्तानी गरेको हो ।

आइएमइ लाईफ ईन्स्योरेन्सका गण्डकी प्रदेशका एरिया ब्रान्च मेनेजेर कृष्ण पौडेलले ३१ लाख ५ हजारको चेक सावित्रा थापाकी श्रीमान बेलबहादुर थापालाई हस्तान्तरण गरेका हुन् । ऐजेन्सी म्यानेजर मिना थापाले १५ लाखको जीवन बिमा गराएकी थिइन् ।

दुर्घटनामा मृत्यु भएकी शावित्रा थापाले बिमा बापतको दुई किस्ता १ लाख ९५ हजार ४२ रूपैयाँ मात्र कम्पनीलाई बुझाएको थियो । कार्यक्रमका प्रमुख अथिति आइएमइ लाईफ ईन्स्योरेन्सका गण्डकी प्रदेशका एरिया ब्रान्च मेनेजेर कृष्ण पौडेलले भने आइएमई लाईफले मानिसहरुको जोखिम रोक्न र भविष्यको आर्थिक र सामाजिक जिवनलाई ध्यानमा राखेर विभिन्न कार्याक्रमहरुको ल्याएको छ ।

कार्यक्रमा सिनियर ऐजेन्सी म्यानेजर ममता शर्मा, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, एजेन्सी मेनेजर मिना थापाले मन्तव्य व्यक्त गरेका थिए ।कार्याक्रमको संचालन बाग्लुङ शाखाका प्रमुख इन्द्रा शर्मा सापकोटा गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्