५ श्रावण २०८३, मंगलवार

 

बागलुङ उद्योग वाणिज्य संघ निर्वाचन : राप्रपाको समर्थन श्रेष्ठलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति बागलुङले बागलुङ उद्योग वाणिज्य संघको आगामी असार ४ गते हुने निर्वाचनमा निर्माण कुमार श्रेष्ठको प्यानललाई समर्थन गर्ने भएको छ । मंगलबार एक वक्तव्य जारी गर्दै श्रेष्ठको प्यानललाई विजयी गराउने जनाएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला निर्वाचन परिचालन समितिका संयोजक संजय खड्काद्वारा हस्ताक्षरित वक्तव्यमा असार ४ गते हुने १८ औ महाधिवेशनमा श्रेष्ठको प्यानललाई अत्याधिक मतले विजयी गराउन सम्पूर्ण आजीवन तथा साधारण सदस्यहरुलाई आग्रह गरिएको छ ।

यस अघि सोमबार बागलुङमा क्रियाशिल नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी, नेकपा एकीकृत समाजवादी निकट व्यवसायीका नेताहरुको भेलाले श्रेष्ठलाई अध्यक्षमा सहयोग गर्ने बताएका थिए ।

उद्योगी व्यवसायीहरुको संयुक्त भेलाले बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयराम भारीको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung