५ श्रावण २०८३, मंगलवार

 

बागलुङ उद्योग वाणिज्य संघको चुनावी चहलपहल : अध्यक्षका उम्मेदवार श्रेष्ठ र कँडेल व्यवसायीको घरदैलोमा

बागलु्ङ-बागलुङ उद्योग वाणिज्य संघको चुनाव नजिकिदै गर्दा उम्मेदवारहरुले मतदाताको घरदैलो कार्यक्रम सुरु गरेका छन्।

असार ४ गते हुने संघको निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा अध्यक्षका उम्मेदवार निर्माण कुमार श्रेष्ठ बासु नेतृत्वको उद्योग सदस्यहरु निलेश राजभण्डारी र ऋषि राम गौतमको टिम र अर्का अध्यक्षका उम्मेदवार नरेश कँडेलले व्यवसायीहरुलाई मत माग्न घरदैलो कार्यक्रम सुरु गरेका हुन्।

दुवै पक्षले चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित व्यवसायीसंघको भेटघाटलाई तीब्र बनाएका हुन् ।उम्मेदवारहरुको घरदैलो कार्यक्रमले गाउँ बजारको व्यवसायीक क्षेत्रमा चुनावी रौनक बढेको छ ।

नाम फिर्ता लिने समय समाप्त भएपछि निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारहरुले चुनाव केन्द्रित प्रचारप्रसार तीव्र बनाएका छन् त्यहीक्रममा अध्यक्षका उम्मेदवार निर्माण कुमार श्रेष्ठ नेतृत्वको टिमले बागलुङ बजार,कुश्मिशेरा बजार,बलेवा बजार,अमलाचौर,अछेते,बिहुँ, गलकोट बजारमा रहेका उद्योगी व्यवसायीहरु कहाँ गएर संघको संस्थागत विकास गरी व्यवसायीहरुको हित गर्ने आफनो टिमलाई मतदान गर्न उद्योगी व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।

अर्का अध्यक्षका उम्मेदवार नरेश कँडेलले बागलुङ बजार, कुश्मिशेरा बजार,अछेते,बिहुँमा व्यवसायीहरु कहाँ घरदैलो कार्यक्रम गरी मत माग्ने क्रम जारी रहेको छ ।

व्यवसायीको सुरक्षा र हितमा आफनो उम्मेदवारी भएकोले आफूलाई मतदान गर्न अध्यक्षका उम्मेदवार कँडेलले आग्रह गरेका छन् ।

सङ्घको खुलातर्फको १४ सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिनुभयो । खुला सदस्यमा उम्मेदवारी दिनुभएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

खुल्ला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहनुभएको छ ।

मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । अब अध्यक्षसहित दुई उद्योग सदस्यका लागि मात्र मतदान हुने निर्वाचन समितिले जनाएको छ । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिनेछन् ।

सङ्घको निर्वाचनमा एक हजार ४१० जना मतदाता छन् । उद्योगी, व्यवसायीहरुको छाता सङ्गठनका रुपमा चिनिएको सङ्घ विसं २०२० मा खुलेको थियो । बागलुङ उद्योग वाणिज्य सङ्घ नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थापक सदस्यसमेत हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung