३ श्रावण २०८३, आईतवार

 

गलकोटका २९ वर्षीय युवाको जापानमा निधन

बागलुङको गलकोटका एक युवाको जापानमा निधन भएको छ । जापानको चिवाको उरियासुमा परिवारसँगै बस्दै आएका गलकोट नगरपालिका वार्ड नम्बर ९ टिमुरबोटका २९ वर्षीय सुरेश गौतमको निधन भएको हो ।लामो समयदेखि ब्रेनट्यूमर रोगसँग लड्दै आएका गौतमको उपचार कै क्रममा मंगलबार साँझ शिनोजाकीको साकुरा अस्पतालमा मृत्यु भएको छ।

पारिवारिक भिषामा लामो समयदेखि बुवा आमा दिदी बहिनी श्रीमति र ७ वर्षीय छोरीसँगै बसदै आएका उनी केहि वर्ष अघिदेखि नियमित उपचार कै क्रममा ३ पटकसम्म टाउकोको शल्यक्रिया भएको थियो । पछिल्लो समय अस्पतालले उपचारमार्फत रोग निको हुन कठिनाई रहेको बताएपछि उनलाई साकुरा अस्पतालमा नियमित सघन हेरचाहका साथ राखिएको थियो ।

मिलनसार र सहयोगी भावनाका गौतम साथीहरूका माझमा लोकप्रिय छवि बनाएका थिए । जापानमा रहेर सामाजिक कार्य सहित फोटोग्राफिमा सक्रिय रहंदै आएका थिए । फोटोग्राफिमा बिशेष रुची र दख्खल राख्ने सुरेश जापानमा हुने सास्कृतिक तथा अन्य बिशेष कार्यक्रमहरुमा फोटोग्राफरको रुपमा परिचित समेत थिए। गौतमको आगामी शुक्रवार अर्थात् जुन १७ तारिक चिवा प्रान्तको उरायासु सिटीको चिदोरीमा अन्तिम संस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung