५ श्रावण २०८३, मंगलवार

 

व्यापार संगठनका सल्लाहकार चोखाल र सदस्य पन्त बागलुङ उद्योग वाणिज्य संघको सदस्यमा निर्विरोध निर्वाचित

बागलुङ – नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका सल्लाहकार तथा गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखाल र साधारण सदस्य विष्णुराज पन्त बागलुङ उद्योग वाणिज्य संघको कार्यसमितिमा निर्विरोध निर्वाचित भएका छन् ।

बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चोखाल र पन्तले सदस्यमा उम्मेदवारी दिएका थिए । मंगलबार खुला सदस्यमा उम्मेदवारी दिनुभएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि सदस्यमा उम्मेदवारी दिएका १४ जना निर्विरोध निर्वाचित भएका थिए । चोखाल होटल तथा पर्यटन व्यवसायी हुन भन्ने पन्त अटोमोवाइल व्यवसायी हुन् ।

बागलुङ उद्योग वाणिज्य संघको संस्थागत विकास बागलुङ उद्योग वाणिज्य संघको संस्थागत विकास  र व्यवसायीहरुको सुरक्षा र हितमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको तर्फबाट संघमा प्रतिनिधित्व गर्ने सदस्यहरुले जिम्मेवार भएर कार्य गर्नेमा आफू विश्वस्त भएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung