बागलुङ – बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्षमा नरेश कँडेलले उद्योग वाणिज्य संघलाई संस्थागतमा सञ्चालन गर्ने कताएका छन् । संघको १८ औं अधिवेशन निर्वाचन समितिले आयोजना गरेको घोषण कार्यक्रममा बोल्दै कँडेलले यस्ता बताएका हुन् ।
कँडेलले आफ्नो कार्यकालमा डिजिटल सचिवालय निर्माण गर्ने गरी प्रभावकारी सेवा दिने तथा संघको भौतिक र आर्थिक अवस्था सुधार गरी संघलाई उद्यमी व्यवसायीमैत्री बनाउने बताएका छन् । पूर्वअध्यक्ष तथा कार्यसमितिले सुरु गरेका असल र सस्थागत कार्यहरुलाई निरन्तरता दिने बताए ।
अध्यक्षका अर्का प्रत्यासी निर्माण कुमार श्रेष्ठले उम्मेदवार फिर्ता लिएपछि कँडेल सर्वसम्मत भएका हुन् । भने उद्योग सदस्यहरुमा निलेश राजभण्डारी र ऋषि राम गौतम सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता भुमिश्वर गौतमले बताए ।
नयाँ अध्यक्षको लागि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ र संघका वर्तमान महासचिव नरेश कँडेलविच प्रतिस्पर्धा हुने भएपछि आज मतदानको कार्यक्रम थियो ।
सङ्घको खुलातर्फको १४ सदस्य भने निर्विरोध निर्वाचित भइ सकेको छ । खुला सदस्यमा उम्मेदवारी दिनुभएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएका थियो ।
खुल्ला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहेका छन् छ ।
मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिनेछन् ।
कार्यक्रम प्रमुख निर्वाचन अधिकृत भुमिश्वर गौतको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ध्रुव राज गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम निर्वाचन अधिकृत अधिवक्ता राजु गौतमको स्वागत र निर्वाचन अधिकृत अधिवक्ता रमेश खड्काको संचालनमा सम्पन्न भएको थियो ।




















































































































































































































