६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ नगरको मेयर श्रेष्ठ र उपमेयर खड्कालाई बैंकर्स बागलुङद्वारा बधाई र सम्मान

बागलुङ – बैंकर्स बागलुङले बाग्लुङ नगरपालिकाको नव निर्वाचित मेयर बसन्त कुमार श्रेष्ठ तथा उपमेयर राजु खड्कालाई बधाई तथा सम्मान गरेको छ। बागलुङको सम्पुर्ण बैङ्क तथा वित्तीय संस्थाको छाता संगठन बैंकर्स बागलुङले सोमबार जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले आफ्नो कार्यकालमा समृद्ध नगर निर्माण गर्नको लागि बागलुङको सम्पुर्ण वित्तीय संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।बैंक मार्फत गाउँ र शहरमा बस्ने नगरवासीमा उल्लेख्य वित्तीय सेवा पुर्याउन नगरपालिकाले बैंकर्स बागलुङसँग सहकार्य गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै उपमेयर राजु खड्काले नगरपालिकाको आर्थिक विकास र जनताको जिवन स्तरमाथि पुर्याउनको लागि बैङ्कहरूसँगको सहकार्य झन आवश्यक भएको बताए ।कार्यक्रममा बोल्दै बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले नवनिर्वाचित जनप्रतिनिधिहरु निकै उर्जाशील र युवाहरुको भावना, मर्म आत्मासाथ गर्ने खालको भएको र नगरको आर्थिक बजारलाई चलायनमान बनाउन,रोजगारी सृजना गर्न, आय आर्जनमा युवाहरुलाई जोड्न र विकासको लक्ष्य हासिल गर्न बैंकर्स बागलुङको तर्फबाट पुर्ण रुपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।

कार्यक्रममा बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरूको उपस्थिति रहेको बागलुङका सदस्य अर्जुन पौडेलले जानकारी दिनु भयो।कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माको अध्यक्षता, बैंकर्स बागलुङका सदस्य अमृत सेवाको स्वागत र बैंकर्स बागलुङका सदस्य हेमन्त आचार्य को सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्