१७ बैशाख २०८१, सोमबार

 

मेरो भ्रमणले जापान र नेपालबिचको संम्बन्धलाई अझ प्रगाढ बनाउछ – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा अध्ययनका क्रममा रहेका विद्यार्थी र व्यवसायमा भएकाहरुको समस्याबारे जापान भ्रमणको क्रममा अध्ययन गर्ने बताएका छन्।

शनिबार बिहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भ्रमणबाट नेपाल–जापान सम्बन्ध अघि बढाउन सहयोग पुग्ने बताए।भ्रमणले जापान र नेपालको संम्बन्धलाई अझ प्रगाढ बनाउछ प्रचण्डले भन्नु भयो ।

‘स्वभावैले एउटा सकारात्मक माहोल बन्छ,’ उनले भने, ‘दुई देशको सम्बन्धलाई विकसित गर्न र दुई देशबीचको आर्थिक सहयोग र अन्य क्षेत्रलाई पनि विस्तार गर्न सहयोग गर्छ।’‘यहाँ पढ्ने वा व्यवसायीलाई नेपालको तर्फबाट के गर्नुपर्छ भन्ने अध्ययन गर्नेछु,’ प्रचण्डले भने।

नेपाली जनताले विकास र समृद्धि चाहेको उनले बताए। ‘नेपाली जनताले खोजेको विकास र समृद्धि नै हो, नेपाली जनताको चाहना देश अराजकतातिर मुलुक नजाओस भन्ने नै हो,’ प्रचण्डले भने, ‘गठबन्धनले गर्ने भनेको स्थायीत्वको लागिको प्रयास हो।’

जापानको परिस्थिति, जनमत र जनपरिचालनबाट शिक्षा लिनुपर्ने उनले बताए। ‘लिडरसिपले इमानदार प्रयास गर्यो भने विकास सजिलो हुन्छ,’ प्रचण्डले भने, ‘अहिले अर्बौंको बिजुली बेच्ने स्थितिमा हामी पुगेका छौं, लिडरसिपले इमानदार प्रयास गर्दा हुने रहेछ।’

दुई देशबीचको आर्थिक र अन्य सहयोगको क्षेत्र विस्तार गर्न आफ्नो भ्रमणले वातावरण बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।‘मर्निङ शोज द डे भनेजस्तै मेरो स्वागतमा नेपालीको उपस्थितिले मलाई अत्यन्तै खुसी मिलेको छ,’ प्रचण्डले भने।

आफ्नै मिहेनतले माथि पुग्न सकिन्छ भनेर जापानबाट पाठ सिक्न पर्ने प्रचण्डले बताए। जापान सरकारका प्रतिनिधिसँग छलफल भइरहेको प्रचण्डले बताए।

‘कुनै न कुनै रुपले जापान सरकारका प्रतिनिधिसँग पटक पटक छलफल भइरहेको छ। पूर्वप्रधानमन्त्री आवेलाई भेट्ने कोसिस गरेको थिएँ,’ प्रचण्डले भने, ‘पूर्वप्रधानमन्त्रीको हैसियतमा उहाँ नेपाल भ्रमण गर्ने क्रममा असाध्यै राम्रो सम्बन्ध भएको थियो। तर अहिले भेट्न पाइएन उहाँको परिवारमा भन्न चाहन्छु।’

प्रचण्डले शनिबारै जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिबल फुकुओकाको उद्घाटन गर्ने छन्।त्यसैगरी अगस्ट ६ मा हिरोसिमामा घटना भएको ७५ वर्ष पूरा हुने ऐतिहासिक क्षेत्रमा आइतबार प्रचण्डले भ्रमण गर्नेछन्।

प्रचण्डले जनप्रगतिशिल मंच जापानले आयोजना गरेको विचार गोष्ठीलाई मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम भएको जनप्रगतिशिल मंच जापानका अध्यक्ष भवानी पन्तले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्