१७ बैशाख २०८१, सोमबार

 

बाँकी जीवन देशको आर्थिक विकासमा समर्पित गर्ने छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अबको बाँकी जीवन देशको आर्थिक समृद्धि,सुशासन र विकासका लागि नै समर्पित गर्ने बताएका छन ।

नेपाली जनप्रगतिशील मंच जापानले आयोजना गरेको ‘सम्वृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले विगतमा नेपाली राजनीतिक परिवर्तनको लागि नेतृत्व गरेको र अबको आफनो जीवन कालको सम्पूर्ण समय आर्थिक समृद्धि, विकास र सुशासनका लागि समर्पित गर्ने बताएका हुन ।

अन्तरक्रियामा सहभागी हुदै अध्यक्ष प्रचण्डले हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा कमाण्डरको रूप रहदा दरिलो साथ दिनु भएका सम्पूर्ण योद्धाहरूलाई अब आर्थिक समृद्धि र विकासको लागि पनि आफैले नेतृत्व गर्ने भएकोले त्यहि स्तरको साथ र सहयोगको लागि अपिल गरेका छन ।

“प्रवासमा रहेका सम्पूर्ण नेपाली नागरिकले सबैले आफ़नो ज्ञान,सिप र लगानी नेपालमा लगाउने उपयुक्त वातावरण सृजना गरि आर्थिक क्रान्ति र समाजवादी क्रान्तिको निम्ति अपिल गर्ने दिनको पर्खाइमा छु” अध्यक्ष प्रचण्डले भने त्यसका लागि देशमा राजितिक स्थायित्वसहित जसको नीति उसैको नेतृत्व आवश्यक हुने रहेछ जुन आगामी निर्वाचनमार्फत हुने छ ।

“जापानको ५ दिने भ्रमणका क्रममा पाएको उत्साहपूर्ण सदभाव र म प्रति राखेका अपेक्षाले देश निर्माणप्रति अझ गम्भीर हुन निर्देशित गरेको अनुभूति छु” अध्यक्ष प्रचण्डले भने ।

नेपालमा रोज़गारीको सृजना गरि विदेशबाट नेपालमा फ़र्किने वातावरण बनाउन कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य औधोगिक क्षेत्रमा आवश्यक व्यवस्थित तयारी गरि कार्य थालिने बताए । तर भर्खर नै विदेशमा रहेका नेपालीहरू फ़र्किहाल्ने आधार तयार नभैसकेको उनले बताए ।

१ लाख बढि नेपाली नागरिकहरू रहेको जापानमा दूतावासको संरचना पनि सोहि अनुसार बनाई सहज र जनमुखी सेवा प्रदान गर्नको लागि जापानमा नयाँ परिस्थिति सृजना गर्ने प्रतिबद्धता समेत प्रचण्डले व्यक्त गरे ।

“नेपाल जापानको सम्बन्धलाई थप प्रगाढ़ बनाउन जापानका स्वर्गीय पूर्व सिनजो आवेको सकारात्मक धारणा रहेकोले पाएको थिए “ प्रचण्डले भने भेट्नको लागि आवश्यक प्रयास हुदै गर्दा दुखद घटना भएकोबाट म अत्यन्त दुखित छु ।कार्यक्रम जनप्रगतिशिल मंच जापानका अध्यक्ष भवानी पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्