१७ बैशाख २०८१, सोमबार

 

नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइसँग प्रचण्डको भेटवार्ता

जापान भ्रमणमा रहनु भएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता, पूर्वमहासचिव, अर्थ, व्यापार, उधोगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइसँग भेटवार्ता भएको छ।

एलडीपी हेडक्वार्टर टोकियोमा भएको भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानदेखि स्थानीय सहर र नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको छ।नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइले प्रचण्डसँगको भेटवार्ताले दुई देशबिचको संम्बन्धलाई अझ नजिक ल्याएको बताउनुृ भयो ।

जापानको सत्तारुढ दल एलडिपी कार्यालय भएको भेटमा पूर्वमहासचिव एव वरिष्ट नेता निक्केईसँगको भेटले नेपाल र जापान बिचको सम्बन्ध अझै प्रगाढ बनाएको अध्यक्ष प्रचण्डले बताउनु भयो। भेटमा नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी सहितको सहभागिता रहेको थियो ।

प्रचण्डको पाँच दिने भ्रमणमा राजनैतिक भेट सहित पर्यटन, कृर्षि र प्रविधिमा जापानले गरेको विकास र नेपाली समुदायद्वारा संचालन गरेको विद्यालयको बारेमा प्रत्यक्ष अध्ययन अवलोकन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्