३१ बैशाख २०८१, सोमबार

 

आईएमई लाईफ इन्स्योरेन्सको पाँचौ वार्षिकोत्सव : विद्यार्थीलाई विमा सचेतना कार्यक्रम

आईएमई लाईफ इन्स्योरेन्सको पाँचौ वार्षिकोत्सवको उपलक्ष्यमा बागलुङ शाखाले बागलुङ नगरपालिका वडा नं ३ राधाकृष्ण टोलमा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई र आईएमई लाईफ इन्स्योरेन्स म्याग्दी शाखाले बेनी नगरपालिकाको रत्नेचौरको भानु माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विमाको महत्व र आवश्यकता बारे प्रशिक्षण दिएको थियो ।

पाँचौ वार्षिकोत्सवको उपलक्ष्यमा विद्यालयका कक्षा १० र ११ का विद्यार्थीहरुलाई विमा संम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको बागलुङ शाखाका प्रमुख इन्द्रा शर्मा सापकोटाले नयाँ विश्वलाई बताइन् ।

कार्यक्रममा एजेन्सी म्यानेजर ममता देवी शर्मा,जीवन शर्मा, एबिएम कृष्ण पौडेल, बेनी शाखाका प्रमुख सुरेन्द्र सापकोटा,एजेन्सी म्यानेजर लक्ष्मी बाँस्कोटा र विद्यामन्दिर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य,प्रधानाध्यापक शान्ता मणि ढकाल,भरत केसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रम बागलुङ शाखाकी प्रमुख इन्द्रा शर्मा सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्