१८ भाद्र २०८३, बिहीबार

 

सुन्धारा होटल व्यवसायी संघद्वारा हरितालिका तीजको दर खाने कार्यक्रम सम्पन्न

सुन्धारा होटल व्यवसायी संघ, सुन्धारा, काठमाडौंद्वारा आयोजित महिलाहरुको महान चाड हरितालिका तिजको दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनीता ढंगोलले महिलाहरुको हरितालिका तिज पर्वले एकता र माया बढ्ने बताउनु भयो ।

सुन्धारा होटल व्यवसायी संघ, सुन्धारा, काठमाडौंका अध्यक्ष देवी प्रसाद कँडेलले तिज पर्वले महिलाहरुबिच माया बढ्ने बताउनु भयो ।सुन्धारा होटल व्यवसायी संघले व्यवसायीक कार्य गर्नुको साथै संस्कृति संरक्षणमा समेत लागेको बताउनु भयो ।

कार्यक्रम राप्रपाका वरिष्ठ नेता तथा समाजसेवी दिल विकास राजभण्डारीको उपस्थिति रहेको थियो ।

सुन्धारा होटल व्यवसायी संघ, सुन्धारा, काठमाडौंका अध्यक्ष देवी प्रसाद कँडेलले काठमाडौं महानगरपालिकाका उपमेयर सुनीता ढंगोल,राप्रपाका वरिष्ठ नेता तथा समाजसेवी दिल विकास राजभण्डारी, विश्व हिन्दु परिषदका अध्यक्ष देवराज अधिकारी र नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द् राजभण्डारीलगाएतका अथितिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

सुन्धाराहोटल व्यवसायी संघ, सुन्धारा, काठमाडौंका अध्यक्ष देवी प्रसाद कँडेलको अध्यक्षता भएको कार्यक्रमको स्वागत उपाध्यक्ष भगवती खरेलले र संचालन महासचिव ठाकुर सापकोटाले गरेका थिए ।

विसं २०६१ सालमा प्रेस शेरचनको अध्यक्षतामा सुन्धारा होटल व्यवसायी संघ, सुन्धारा, काठमाडौं स्थापना भएको थियो । त्यसपछि खेम गुरुड, सुुजन शेरचन र बुद्धि बस्नेतले नेतृत्व गरेका थिए ।

सुन्धारा होटल व्यवसायी संघले नयाँ वर्ष, विजया दशमीमा शुभकामना कार्यक्रम आयोजना गर्नुको साथै सामाजिक सेवामा समेत समर्पित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung