५ जेष्ठ २०८१, शनिबार

 

डेंगु संक्रमितको संख्या १६ हजार नाघ्यो, २० जनाको मृत्यु

नेपालमा साउनयता मात्रै डेंगु संक्रमणबाट २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता मात्रै डेंगु संक्रमणबाट देशभर २० जनाको मृत्यु भएको हो।

देशभर डेंगु संक्रमितको संख्या १६ हजार पाँच सय ८७ पुगेको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै ललितपुरमा डेंगु देखिएको छ। हालसम्म ललितपुरमा संक्रमितको संख्या चार हजार ६ सय सात पुगेको छ।

बागमती प्रदेशमा १२ हजार चार सय एक, लुम्बिनीमा दुई हजार चार सय २२, प्रदेश १ मा पाँच सय चार, मधेस प्रदेशमा दुई सय ८२, गण्डकीमा तीन सय २२, सुदूरपश्चिममा चार सय ९३ र कर्णालीमा दुई सय तीनजनामा डेंगु संक्रमण भएको छ

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सातवटै प्रदेशमा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्