५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ बजारका अधिकांश मासु पसलबाट अस्वस्थकर मासु बिक्री

बागलुङ बजारमा सञ्चालित अधिकांश मासु पसलबाट विक्रि हुने मासु अस्वस्थकर रहेको पाइएको छ । बागलुङ नगरपालिकाद्वारा गठित बजार अनुगमन समितिले शुक्रबार बिहान गरेको अनुगमनका क्रममा अधिकांश मासु पसलबाट अस्वस्थकर मासु विक्रि हुने गरेको पाइएको हो ।

बागलुङ नगरपालिकाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाषिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार लगाएतको टोलीले बागलुङ बजारका एक दर्जन बढि मासु पसल अनुगमन गरेको थियो ।

सो क्रममा पसलहरु सफासुग्घर नगरिएको, खसि बोका र कुखुराको मासु एकै ठाँउमा राखेर विक्रि गरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा राखेको अवस्थामा फेला पारिएकोले तत्काल सुधार गर्न निर्देशन दिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउन् भयो ।

बधसाला बाट पसल सम्म मासु ल्याउदा बोरामा राखेर ट्याक्टर तथा स्कुटरमा राखेर ओसा पसार गर्ने गरेको पाईएकोले अवका दिनमा त्यसो गरेका पाईएमा कडा कारवाही हुने उपप्रमुख खड्काले बताउनु भयो । बजारमा सञ्चालित दर्जनौ मासु पसलमा अनुगमन गर्दा अधिकांश पसलहरुले मासु पसल सञ्चालन गर्नका लागि पुरा गर्नुपर्ने मापदण्ड पुरा नगरेको पाइएको छ ।

अनुगमनका क्रममा मासु पसलहरु अव्यवस्थित तरिकाले सञ्चालनमा रहेका, दुर्गन्ध फैलिएको, मासु राख्ने वरफपरको सरसफाईमा ध्यान नदिइएको र पशु बध गर्नुपुर्व अनिवार्य रुपमा स्वास्थ्य परिक्षण गर्नपर्नेमा त्यो नगरिएको पाइएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख शसी शर्माले बताउनु भयो । मासु पसलको अनुगमन गर्दा यहाँका केही मासु पसल वषौ देखी दर्ता नै नगरी सञ्चालन गरेको पाइएको छ ।

साथै पसलमा फोहर, झिङ्गा भन्किएको, मासु सफा गर्ने ठाउँनै फोहर रहेको, फोहर पानीले मासु पखालेको, फ्रिज सफा नगरेको पाइएको छ । यसैगरी सरसफाइमा ध्यान नदिएको, भुईँ, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल नराखेको, मासु सफा गरेको पानी सजिलै जान सक्ने व्यवस्था नभएको, एप्रोनको प्रयोग नगरेको, मासु काट्ने औजार र भाँडा सफा नराखेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनु भयो ।

बजार अनुगमन गर्दा मासु पसलले न्यूनतम मापदण्ड पालना नगरेको पाइएकाले १५ दिन भित्र सवै प्रक्रिया पूरा गर्न निर्देशन दिएको बागलुङ नगरपालिकाका बजार अनुगमन अधिकृत युक्त प्रसाद सुवेदीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्