३ जेष्ठ २०८१, बिहीबार

 

विद्यामन्दिर पुस्तकालयको संरक्षक मण्डल गठन, प्रमुख संरक्षकमा श्रेष्ठ

विद्यामन्दिर पुस्तकालयको संरक्षक मण्डलको भेला सम्पन भएको छ । शनिबार सम्पन्न भएको संरक्षक मण्डलको बृहत् भेलाले पाँच सदस्यीय संरक्षक समिति सर्वसम्मत चयन गरेको छ ।

भेलाले प्रमुख संरक्षकमा परशुराम श्रेष्ठ, उपप्रमुख संरक्षकमा लालचन्द्र राजभण्डारी, सदस्य सचिवमा महेशचन्द्र प्रधान र सदस्यहरुमा प्रेम छोटा रहरिहर श्रेष्ठ रहेका छन् । पुस्तकालयको विधान २०२१ को तेस्रो संशोधन, २०७९ को व्यवस्था अनुसार संरक्षक मण्डलको कार्यकाल चार वर्षे रहेको छ । पुरानो विधानमा संरक्षक मण्डलको अवधिको बारेमा कुनै व्यवस्था थिएन । प्रधान संरक्षक ओमकार गौचनको निधनपछि प्रधान संरक्षकको पद रिक्त रहेको थियो ।

पुस्तकालयमा २०२१ सालदेखि सरक्षक सदस्यको व्यवस्था रहेको छ । पुस्तकालयको निर्वतमान अध्यक्ष राम प्रसाद शर्माको कार्यकालमा विधान संशोधन गरिएको थियो ।पूर्वअध्यक्ष महेशचन्द्र प्रधानको नेतृत्वमा विधान संशोधन मस्यौदा उपसमिति गठन गरिएको थियो ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयको पूर्वअध्यक्ष तथा जेष्ठ सदस्य लालचन्द्र राजभण्डारीको अध्यक्षतामा, पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र अध्यक्ष राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।

विसं २००३ सालमा ओम प्रसाद गौचन, मेघ कुमार वैद्य र उनीहरुका समकालिन साथीहरुले स्थापना गरेको विद्यामन्दिर पुस्तकालय देशकै अग्रणी पुस्तकालयमध्येमा पर्छ ।राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ ।

धौलागिरि अंचलको शैक्षिक, सामाजिक, साँस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिने गरिन्छ ।विसं १९९७ सालमा स्थापना भएको विद्यामन्दिर माध्यमिक विद्यालय तत्कालिन घरेलु उद्योग विद्यामन्दिरका अंगको रुपमा विद्यामन्दिर पुस्तकालय, संगीत कक्ष र घरेलु इलम शाखा रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्