२७ बैशाख २०८१, बिहीबार

 

बागलुङ होटल व्यवसायी संघको अध्यक्षमा राजभण्डारी

बागलुङ / बागलुङ होटल व्यवसायी संघको पाँचौ अधिवेशन तथा सातौं साधारणसभाले निलेश राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।शनिबार बागलुङ बजारमा सम्पन्न साधारणसभाले राजभण्डारीको नेतत्वमा १० सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।

समितिको उपाध्यक्ष ताल बहादुर कुँवर, उपाध्यक्षमा ललिता थापा, सचिवमा कविता बस्नेत, कोषाध्यक्षमा सविता आचार्य, सहसचिवमा लक्ष्मी प्रसाद सापकोटा भूमिश्वर रहेका छन् ।

समितिको सदस्यहरुमा दिलिप केसी, हिमाल शर्मा, सन्दिपा गुरुङ र कृष्ण खड्का रहेका छन् । कार्यक्रममा होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजर््ुन चोखाल र बागलुङ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष संजय कुमार श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम बागलुङ होटल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारीको अध्यक्षता, स्वागत संघको कोषाध्यक्ष सन्तोष कुँवरले र संचालन संघका कार्यसमितिका सदस्य कविता बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्