७ जेष्ठ २०८१, सोमबार

 

कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा बागलुङका प्रहरी उपरीक्षक ज्ञवाली सम्मानीत

कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीलाई नगद सहित सम्मान गरेको छ । मन्दिरको नियमित सुरक्षा व्यवस्थापनमा सहयोग पु¥याएको भन्दै प्रहरी उपरिक्षक ज्ञवालीलाई नगद ५१ हजार १ सय ५१ रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो ।

चैत्राष्टमी मेला, वडादशैँ, नवरात्र तथा मन्दिरको नियमित सुरक्षा व्यवस्थापनसँगै समग्र बागलुङ जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा योगदान पु¥याएकाले सम्मान गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

विभिन्न अपराधी क्रियाकलाप गर्नेहरुलाई कानुनको दायरामा ल्याई जिल्लाका नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूती गराउन उतकृष्ट कार्य गरे वापत नगद पुरस्कार सहित सम्मान गरिएको खड्काले बताउनु भयो । सम्मान कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक ज्ञवालीले आफुले प्राप्त गरेको सम्मान देश र जनताको सुरक्षामा खटिने सबै प्रहरीको सम्मान भएको बताउनुभएको छ ।

जिल्लामा भएका विभिन्न घटनामा संलग्न दोषीहरुलाई नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याउन सवै क्षेत्रको सहयोगले प्रहरी सफल भएको भन्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाको लागि खटिदा प्राप्त गरेको सम्मानले थप जिम्मेवारी बोध बनाएको बताउनुभयो ।

त्यस्तै सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगर पालिका १ रामरेखाका अध्यक्ष दुर्गा बहादुर आचार्यले प्रहरी उपरिक्षक ज्ञवालीलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । सो कार्यक्रमको संचालन कालिका भगवती गुठी व्यवस्थापन समितिका सचिव भरत बहादुर खड्काले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्