२८ बैशाख २०८१, शुक्रबार

 

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

काठमाडौं। चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल सर्वसम्मत रुपमा चयन भएका छन् ।२१ पुसमा बसेको सञ्चालक समितिको बैठकले ढकाललाई चन्द्रागिरि हिल्सको अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

साथै १३औं वार्षिक साधारण सभाले उत्तमकुमार नेपाल, कल्याण गुरुङ र दीलिप शेखर श्रेष्ठलाई सञ्चालक समिति सदस्यमा सर्वसम्मत चयन गरेको थियो ।

कम्पनीले ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट निर्माण गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ ।

अध्यक्ष ढकालले मलेसियाको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई सन् २००९ देखि नै चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्