१ जेष्ठ २०८१, मंगलवार

 

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, ९.५ प्रतिशत घट्यो निक्षेपको ब्याजदर

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार सम्पन्न बैठकले बैंकरहरुले छलफल गरी ब्याजदर घटाउने निर्णय गरेको हुन् ।

नेपाल बैंकर्स संघले मुद्धती निक्षेपको ब्याजदर साढे ९ प्रतिशत घटाएको छ भने निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको हो। यसअघि मुद्धती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत थियो।एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत ( सिइओ ) सुनील केसी बैंकर्स संघको अध्यक्ष बनेकै दिनको पहिलो बैठकले निक्षेपको ब्याजदर घटाएको हो।

उनको प्रस्तावलाई सबै बैकर्सले स्वीकार गरेका छन्। घटेको ब्याजदर माघ १ गतेदेखि लागू हुनेछ ।तरलता पनि केही सहज भएको र ब्याजदर बढी हुँदा कर्जा प्रवाह कम हुन गई आर्थिक गतिविधि सुस्त हुँदा सरकारको राजस्व संकलन पनि कम भएको कारण अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउने उदेश्यले ब्याजदर घटाउने निर्णय गरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

बैंकहरुले कर्जाको ब्याजदर घटाउन १ वैशाख २०८० समय सिमा लाग्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार दरसँग आबद्धता गराएकोले त्रैमासिक रुपमा आधार दरमा भएको औसत घटबढको आधारमा सोही अनुपातमा कर्जाको ब्याजदर पनि घट्छ परम्परा छ। ब्याजदरको आधार दर माघ, फागुन र चैतमा कति घट्छ त्यसको अध्ययन गरेर मात्र वैशाखमा कर्जाको ब्याजदर घट्ने नेपाल बैंकर्स संघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्