७ जेष्ठ २०८१, सोमबार

 

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको साँसद पद सर्वाेच्चद्वारा खारेज

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको साँसद पद खारेज भएको छ । सर्वोच्च अदालतले उनकोे सांसद पद खारेज गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी उनले पार्टी दर्ता गरेका थिए । पार्टी दर्तापछि उम्मेदवार भई प्रतिनिधिसभा सदस्य जितेका उनी उपप्रधान तथा गृह मन्त्री भएका थिए ।

संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको हो । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत बन्न अयोग्य बनेका छन् ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्