७ जेष्ठ २०८१, सोमबार

 

बागलुङका प्रहरी उपरीक्षक ज्ञवालीको सरुवा, योगेन्द्र कुमार खड्का आउने

बागलुङ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत किास विभागले बागलुङका दयानिधि ज्ञवाली सहित ५३ एसपीहरुको सरुवा गरेको हो । एक वर्ष पहिला बागलुङ आएका ज्ञवालीको काठमाण्डौ उपत्यका प्रहरी कार्यलय इन्टेलिजेसन शाखामा सरुवा भएको छ ।

बागलुङमा लागू औषध नियन्त्रण व्यूरो,अपराध अनुसन्धान तथा कारवाही शाखा, काठमाण्डौमा कार्यरत प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का आउने भएका छन् । प्रहरी महानिरीक्षकको बिहिबारको निर्णयअनुसार २०७९ माघदेखि तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्