१७ बैशाख २०८१, सोमबार

 

माँ भद्रकाली सेवा समूहबाट साहित्यकार लता देवी प्रधान र शिक्षासेवी शर्मिला प्रधानाङग पुरस्कृत

बागलुङ । माँ भद्रकाली सेवा समूहले साहित्य, शिक्षा र समाजसेवामा सक्रिय दुई जना महिलालाई पुरस्कृत र सम्मान गरेको छ ।शनिबार बागलुङमा आयोजित कार्यक्रममा माँ भद्रकाली सेवा समूह पुरस्कारबाट साहित्यकार लता देवी प्रधान र शिक्षासेवी शर्मिला प्रधानाङग पुरस्कृत भएका छन् ।

कार्यक्रमका प्रमुख अथिति बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, माँ भद्रकाली सेवा समूहका अध्यक्ष काजि रोशन, संरक्षकहरु सुन्दरी श्रेष्ठ र तारा प्रसाद श्रेष्ठले साहित्यकार लता देवी प्रधान र शिक्षासेवी शर्मिला प्रधानाङगलाई सम्मान–पत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।

प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशि १२ हजार रुपैयाँ रहेको छ।कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, समाजसेवी देव बहादुर श्रेष्ठ, राधा माधव सेवा समितिका अध्यक्ष भिमसेन श्रेष्ठ, दिपक प्रधान र पुरस्कृत व्यक्तित्वहरु लता देवी प्रधान र शर्मिला प्रधानाङगले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पुरस्कृत व्यक्तित्वहरुको बारेमा संरक्षक तारा प्रसाद श्रेष्ठले प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा राधा माधव सेवा समितिको भवन निर्माणको लागि माँ भद्रकाली सेवा समूहका अध्यक्ष काजि रोशन, संरक्षकहरु सुन्दरी श्रेष्ठ र तारा प्रसाद श्रेष्ठले राधा माधव समितिका अध्यक्ष भिमसेन श्रेष्ठलाई ५१ हजार हस्तान्तरण गर्नु भएको थियो ।

भिमसेन श्रेष्ठको नेतृत्वमा राधा माधव समितिको भवन बागलुङ नगरपालिको भवन बागलुङ नगरपालिका वडा नं ४ उपल्लाचौर गौरीधाम मन्दिर नजिकै निर्माण कार्य सुरु हुन लागेको छ । साथै जेष्ठ महिलाहरु बद्धि एक्रेकार, मनकुमारी बोहरा र पवित्रा सुनारलाई ३ हजार नगद र उपहारसहित सम्मान गरिएको थियो ।

कार्याक्रम माँ भद्रकाली सेवा समूहको अध्यक्ष काजी रोशन राजभण्डारीको अध्यक्षता,स्वागत संरक्षक सुन्दरी श्रेष्ठ र संचालन संस्थाकी सचिव निर्मला जिसी पन्तले गरेकी थिइन् ।

नारिहरुमा अन्तरनिहित सिप, ज्ञान, प्रतिभाको कदर गर्नुको साथै उनीहरुको संरक्षणमा योगदान गर्ने उद्देश्यले माँ भद्रकाली सेवा समूहको २०७८ माघ २१ गते स्थापना गरिएको थियो ।माँ भद्रकाली सेवा समूहको संस्थागत विकासको लागि परिवारहरुका सदस्यहरु अष्ट्रलिया निवासी सन्दिप राजभण्डारी इच्छाले २५ हजार र काठमाडौ ढुङगेधारा निवासी.सविना काएष्ठाले १० हजार रुपैयाँ उपलब्ध गराउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्