१७ बैशाख २०८१, सोमबार

 

बागलुङमा लेखक खगेन्द्र संग्रौलाको जीवनी ʿएक बागीʾ पुस्तकमाथि विमर्श

बागलुङ । लेखक तथा राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईद्वारा लिखित लेखक खगेन्द्र संग्रौलाको जीवनी ʿएक बागीʾ पुस्तकमाथि बागलुङमा विमर्श भएको छ। नयाँ विश्वको आयोजना र बेला पब्लिकेशनको संयोजनमा सोमबार विद्यामन्दिर माध्यमिक विद्यालयको सभाहलमा एक बागी खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष पुस्तकमाथि छलफल भएको हो ।

लेखक संग्रौलाले आफनो जन्म जिल्ला पाचथरदेखि चितवन, लमजुङ, बन्दिपुर र काठमाडौ लगाएको स्थानमा परिवर्तनको लागि गरेको राजनैतिक कर्म र साहित्यीक साधनाको बारेमा  पुराना सम्झनाहरुलाई पाठक सामु पस्केका थिए ।

लेखक तथा राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईले संग्रौलाका आनी बानीदेखि उहाँको लेखन र नेपाली समाजको परिवर्तनको लागि गर्नुको योगदानको चर्चा गदै एक बागी पुस्तकबाट नेपाली समाजले भोगेको समस्यालाई बुझन्ने कोशिस गरेको बताउनु भयो ।

लेखक संग्रौलाको कमजोरी र साहित्यीक भूमिकाको बारेमा चर्चा गर्दै खगेन्द्र संग्रौला कर्सैको नजरमा धोकेबाज, कसैको नजरमा तिखो व्यङगे प्रहार गर्ने आलोचक, कसैको नजरमा अनृुवादक,कर्सैको नगरमा बेथिति र विसंगतिमा कलम चलाउने. निर्भिक स्तम्भकार र कसैको असल प्रेमी पनि भएको लेखक तथा राजनीतिक विश्लेषक प्रसाई पुस्तक लेखनको बेला विभिन्न स्थानको भ्रमण गर्दा थाहा पाएको बताउनु भयो ।

कार्यक्रममा साहित्यकार महेशचन्द्र प्रधान, शिक्षासेवी जगन्नाथ आचार्य, पत्रकार राम थापा अविरल, फोटो पत्रकार आरके अदिप्त गिरि, साहित्यकार काजी रोशनहरुले लेखक तथा राजनीतिक विश्लेषक उज्ज्वल प्रसाई र लेखक खगेन्द्र संग्रौलासँग संवाद गरेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुुख बसन्त कुमार श्रेष्ठ, नागरिक संचार प्रालिका अध्यक्ष माधव शर्मा, नागरिक समाजका संयोजक तथा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, नयाँ विश्वका प्रधान सम्पादक निर्मल बहादुर श्रेष्ठ, नयाँ विश्व बचत तथा ऋण सहकारीका कार्यवाहक अध्यक्ष अर्जुन चोखाललगाएत शिक्षाप्रेमी, कला, साहित्य, पुस्तक प्रेमी र संचारकर्मींहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम नयाँ विश्वका मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा पुस्तक लेखनमा सहयोग गर्ने दिपक भेटवाललाई धन्यवाद दिइएको थियो । २००३ मंसिर १० गते पाचथरको सुभाङ गाउँमामा जन्मिएका लेखक संग्रौलाको पहिलो कृति चेतनाको पहिलो डाक हो जुन कृति उनले २०२७ सालमा लेखेका थिए । उनको पहिलो अनुवाद गरेको पुस्तक अजम्बरी गाउँ हो । २०२८ सालमा अनुवाद भएको यस पुस्तकले पनि ५१ वर्ष पुरा गरेको छ ।

संग्रौलाका चर्चित कृतिहरु सेतेको संसार, जनआन्दोलनको छर्राहरु, इतर विचार, ईश्वर, घोडा र बा, जुन किरीको संगीत, सम्झनाका कुइनेटाहरू, आफ्नै आँखाको लयमा, बाल्यकालका पदचापहरू, कोरोना कैरन र उत्तरआधुनिक अन्तरेपथ रहेका छन् ।

उनले अनुवाद गरेका पुस्तकहरुमा माओका संकलित रचनाहरु भाग  २,३ र ४, युवाहरुको गीत, एगेल्सका प्रश्नावली, डा संदुक रुइतको जीवनी, माइक्रोसफ्टदेखि बाहुन डाँडासम्म, सत्ता र सत्य आदी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्