२० बैशाख २०८१, बिहीबार

 

विद्यामन्दिर माविको वार्षिकोत्सवको अवसरमा विज्ञान प्रदर्शनी हुने

बागलुङ । धौलागिरि अंचलकै पहिलो विज्ञान संकाय संचालन भएको विद्यामन्दिर माध्यामिक विद्यालयको ८२ औ वार्षिकोत्सवको अवसरमा विज्ञान प्रदर्शनी हुने भएको छ। माघ २६ गरेदेखि विविध कार्यक्रम संचालन गरी वार्षिकोत्सव मनाइ रहेको विद्यालयमा फाल्गुन २ गते मूल समारोहको दिन विज्ञान प्रदर्शनी हुन लागेको शिक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिनु भयो ।

प्रदर्शनीमा विद्यार्थीहरुले तयार पारेका विभिन्न सामाग्रीहरुको प्रदर्शन हुनेछ। विद्यार्थीहरुलाई विज्ञानको विभिन्न विधा तर्फ उत्सुक बनाउन, सृजनशिल रुपमा प्रदर्शनीमा उनीहरुको सृजनाप्रस्तुत गर्न र वैज्ञानिक आविष्कार तर्फ विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयको ध्यान केन्द्रीत गर्न प्रदर्शनी गर्न लागिएको विद्यालयका प्रधानाध्यापक शान्तमणि ढकालले जानकारी दिनुभयो।

८२ औ वार्षिकोत्सवको अवसरमा छैटौ दिन फागुन १ गते नगर स्तरिय अन्तर माध्यमिक विद्यालय एकल लोक नृत्य प्रतियोगिता, गजल तथा लोक गीत प्रतियोगिता गरिएको छ ।अन्तर माध्यमिक विद्यालय एकल लोक नृत्य प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिताको पुरस्कार र विभिन्न स्मृति कोषका पुरस्कारहरु पनि मूल समारोहमा प्रदान गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

वार्षिकोत्सवलाई हामीले उत्सवको रुपमा मनाएर विद्यार्थी र अभिभावकहरुलाई यस विद्यालय तर्फ थप आकर्षित गर्ने अभियानमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्